सम्झना बिर्सनाको गीत सुटिङमा आकाश र पूजाको रोमान्स «

सम्झना बिर्सनाको गीत सुटिङमा आकाश र पूजाको रोमान्स

नायक आकाश श्रेष्ठले नायिका पूजा शर्मा र आफ्नो जोडी दर्शकले मन पराउनु भनेको काम सक्सेसको पुष्टि रहेको बताएका छन् ।
सम्झना बिर्सना फिल्मको एक गीत सुटिङका क्रममा भक्तपुरमा रङ्ग पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नायक श्रेष्ठले फ्यानमाझ गीत सुटिङ गर्न पाउँदा खुसी लागेको बताए । उनले गीत असाध्यै राम्रो भएकोसमेत बताए । उनले यो गीत नयाँपनको गीत भएको र नाच्ने र महशुस गर्ने किसिमको गीत भएको बताए । त्यस्तै नायिका पूजा शर्माले गीतको अभिनय फ्यानमाझ गर्न पाउँदा खुसी लागेको बताइन् । फ्यानहरूलाई फोटो खिच्नको लागि पर्याप्त समय दिन नसकेको भन्दै उनले आगामी दिनमा फ्यानहरूसँग बसेर फोटो खिच्ने पनि बताइन् । उनले फिल्ममा दार्जलिङको चिया बगानको संघर्ष पनि समेटिएको बताइन् ।
फिल्म जेठ ६ गतेबाट हलहरूमा चल्ने भनिए पनि विभिन्न कारण स्थगित भएको थियो । फिल्म आगामी असार ३१ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । चलचित्रमा आकाश र पूजाले मुख्य पात्रको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणाको पनि मुख्य अभिनय रहेको छ । निमेष प्रधानले निर्देशन गरेको फिल्म दार्जलिङ, सिलगुढी र सिक्किमका रमणीय दृश्यहरूमा छायांकन भएको छ । निर्देशक प्रधानकै कथा/पटकथा रहेको रहेको चलचित्रको संवाद लेखनमा कलाकार शिशिर राणाले साथ दिएका छन् । शिव ढकालको छायांकन रहेको फिल्ममा राजन ईशान र सुदर्शन तामाङको संगीत, कमल राईको कोरियोग्राफी र तारा थापा किम्भेले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्