Logo

जिसस मुगुको प्रमुख र उपप्रमुखमा कांग्रेस

मुगु – मुगु जिल्ला समन्वय समिति मुगुको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निवार्चत भएका छन् । प्रमुख पदमा कांग्रेसबाट मञ्जनबहादुर कार्की र उपप्रमुखमा नैली कार्की निर्विरोध निवाचित भएका हुन् ।
सदस्य पदमा कांग्रेसका झमुरा रावल, दानबहादुर रावल, पञ्चकला नेपाली, सुन्तला मल्ल, सोनाम लामा, ध्रुव विक निर्विरोध भएका छन् । सदस्यमै माओवादी केन्द्रबाट कर्णप्रसाद माठागाई र एकीकृत समाजवादी बाट दानबहादुर रावल चयन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निवार्चन अधिकृत पुण्यप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरी जिसस मुगुमा उम्मेदवारी दिएका थिए । तीनदलीय गठबन्धन जोगाउन कांग्रेसको भागमा प्रमुख, उपप्रमुखसहित पाँच जना सदस्य र माओवादी र समाववादी पार्टीलाई एक–एक सदस्य भाग मिलाएर जिल्ला सन्वय समिती बनाएर उम्मेदारी दिएका थिए । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अन्य कुनै पार्टिका मनोनयन र दाबिबिरोध परेको हुदा नेपाली कांग्रेस पार्टिबो भागमा प्रमुख उपप्रमुख र केही सदस्यहरु सहीत निबिरोध निवार्चित भएको नेपालि काग्रेस मुगुका पार्टी सभापति ऐनबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्