नेप्से परिसूचकमा १५.८२ अंकले गिरावट «

नेप्से परिसूचकमा १५.८२ अंकले गिरावट

पछिल्लो समय लगातार गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबार १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंकले घटेको छ । सोमबार कारोबारमा आएका २३० कम्पनीको २९ लाख २० हजार कित्ता शेयर ९९ करोड ८६ लाख ७४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
नेप्सेसँग पछिल्लो समय कारोबार रकममा समेत गिरावट आउन थालेको छ । सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन् । जसमध्ये वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् ।
सोमबार नेप्से ओरालो लागेपनि दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै यता मानुषी लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.४० प्रतिशत घटेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य पनि ५ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा ९ करोडभन्दा बढीको सेयर खरिदबिक्री गरेर सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सिभिल बैंकको ५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्