कांग्रेसले जागरण अभियान अनुशासित बनाउने

नेपाली कांग्रेसले पार्टीको राष्ट्रिय जागरण अभियानलाई अनुशासित बनाउन पार्टीका कुनै पनि नेता तथा कार्यकर्तालाई पार्टी हित विपरीत काम कारवाही एवं अभिव्यक्ति नदिन निर्देशन दिएको छ ।
का्रग्रेसको केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेको सभापतित्वमा आइतबार बसेको समितिको बैठकले अभियानलाई मर्यादित, अनुशासित एवं व्यवस्थित बनाउन सो निर्णय गरेको पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।
कांग्रेसको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ यही वैशाख २५ गतेदेखि ७७ जिल्लामा एकसाथ शुरु हँुदैछ । बैठकले अभियानका क्रममा पार्टी हित विपरीत काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी गराउन नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघलाई स्थलगत अनुगमन तथा निरीक्षण गर्न आग्रह गर्ने निर्णय गरेको छ ।