पेप्सीकोको इनर्जी ड्रिङ्क स्टिङ नेपाली बजारमा «

पेप्सीकोको इनर्जी ड्रिङ्क स्टिङ नेपाली बजारमा

पेप्सीकोले आफ्नो विश्वव्यापी इनर्जी ड्रिङ्क स्टिङको बिक्री शुभारम्भसँगै नेपालमा आफ्ना वेभरेजहरुको उपलब्धतालाई बढाएको छ । जसले ग्राहकलाई ऊर्जाशील बनाउने सम्पूर्ण तयारी गरेको छ । ब्राण्डद्वारा नेपालमापहिलो पटक ‘द स्टिङ्ग इनर्जी’ प्रचार अभियान अघि बढाएको छ । यस अभियानअन्तर्गत एक नयाँजीवन्त टिभिसि विज्ञापनद्वारा ब्राण्डको ऊर्जा प्रतिबद्धतालाई अत्यन्त रचनात्मक एवं रमाइलो तरिकाद्वारा दर्साइएको छ ।
बिक्री शुभारम्भको अवसरमा पेप्सीकोका नेपाल हेर्ने वरिष्ठ बजार निर्देशक नसीब पुरीले भने, “हामी हाम्रो इनर्जीेले भरपूर ब्राण्ड नेपालमा ल्याउन पाएकोमा हर्षित भएका छौं । स्टिङ असाधारण रुपमै एक उत्कृष्ट स्वादको ड्रिङ्क हो जसले शरीरलाई मात्र नभई मस्तिष्कलाई समेत झकझकाउँछ । ”
अभियानलाई वर्षैभरी नै विभिन्न ग्राहक सम्पर्क केन्द्रहरु मार्फत् देशव्यापी रुपमा व्यापक बनाइने कम्पनीले जनाएको छ । स्टिङ २५० मिलिको प्याकमा नेपालका सबै बिक्री स्थललगायत अग्रणी इ कमर्स प्लेटफर्महरुमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्