युनाइटेड इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले गरे शपथग्रहण

युनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि.को सञ्चालक समिति अध्यक्षमा रविभक्त श्रेष्ठ चयन भएका छन् ।
२३ जेठमा सम्पन्न २८औँ वार्षिक साधारणसभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित सदस्यहरुले श्रेष्ठलाई अध्यक्ष चुनेको कम्पनीले जनाएको छ ।
बिमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम मिति यही जेठ २६ गते अध्यक्ष श्रेष्ठले बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । त्यसलगत्तै श्रेष्ठले अन्य सञ्चालकलाई सपथ गराएकाको कम्पनीले जनाएको छ ।