प्रभु बैंकको एक्स्टेन्सन काउन्टर कालिमाटीमा «

प्रभु बैंकको एक्स्टेन्सन काउन्टर कालिमाटीमा

शुक्रबारदेखि काठमाडांै महानगरपालिका कालिमाटीस्थित फलपूmल तथा तरकारी बजारमा बैंकको कालिमाटी शाखा कार्यालयको एक्स्टेन्सन काउन्टर स्थापना गरी सञ्चालनमा ल्याइएको छ । कालिमाटी फलपूmल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले एक समारोहकाबीच कालिमाटी शाखा एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेका थिए ।
बैंकले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आबद्ध कृषि तथा फलपूmल व्यवसायीहरुसँग प्रत्यक्ष सम्पर्क सम्बन्ध स्थापित गरी बैंकिङ पहुँच विस्तार गरी कृषि क्षेत्रको विकास एवं प्रवद्र्धन तथा बजारीकरणमा प्रत्यक्ष टेवा पुग्ने गरी अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले कालिमाटीमा आप्mनो एक्स्टेन्सन काउन्टर खोली सञ्चालनमा ल्याएको भन्दै कृषि क्षेत्रको विकास तथा कृषि व्यवसायमा संलग्न भई विपन्न आर्थिक जीवन व्यतित गरिरहेका कृषहरुको आर्थिकस्तर उकास्न सहज होस् भन्ने उद्देश्यले बैंकले कृषि कर्जा शीर्षक अन्तर्गत छुट्टै कर्जा योजना तयार गरी प्राथमिकताका साथ कर्जा लगानी गरिरहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्