चीनका लागि नेपाल लगानीको उत्कृष्ट गन्तव्य «

चीनका लागि नेपाल लगानीको उत्कृष्ट गन्तव्य

नेपाल चेम्बर अफ कमर्सले चीनका लागि नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको पनि उनले बताएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बेइजिङमा चाइना–नेपाल इकोनोमिक एन्ड ट्रेड फोरमको एक्स्प्लोरिङ इन्भेस्टमेन्ट अपरच्युनिटी इन नेपाल नामक गोष्ठीमा उक्त कुरा बताएका हुन् ।
चीनको बेजिङमा आइतबार बिहान भएको गोष्ठीमा अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको वातावरणका लागि जलविद्युत्, पर्यटनलगायत क्षेत्रहरू रहेको जानकारी दिँदै विश्व सम्पदा सूचीमा रहेका विभिन्न स्थान, विभिन्न वन्यजन्तु तथा आरक्षण क्षेत्रहरू, कृषि, पर्याप्त जडिबुटी, जलवायु परिवर्तन भएको स्थान, खुला जमिनका कारणले नेपालमा लगानी गर्न सकिने वातावरण भएको उल्लेख गरे ।
उनले नेपालमा अनुभवि एवं कडा पारिश्रमिक श्रमिक, खनिज क्षेत्र रहेकाले लगानीका लागि अघि बढ्न चीनलाई आग्रह पनि गरे । श्रेष्ठले हाम्रो चीनसँगको व्यापारिक सम्झौता रहनुका साथै शून्य प्रतिशत भन्सारदरमा ८ हजार ३० वस्तुको निर्यात गर्न सकिने वस्तुहरू रहेको जानकारी दिए ।
गोष्ठीमा आफ्ना कुरा राख्दै अध्यक्ष श्रेष्ठले नेपालमा केही समयदेखि स्थायी सरकार हुनुका साथै २४ सैं घण्टा विद्युत् सेवा सञ्चालन रहनुका साथै लगानीमैत्री नीतिहरूले सुनिश्चित लगानीको वातावरण भएकाले वैदेशिक लगानीका लागि चीनलाई उपयुक्त वातावरण रहेको बताए ।
नेपालको छिमेकी मुलुक भारतका लागि उपयुक्त सम्झौताले भारतमा निर्वाध रूपमा शून्य भन्सारदरमा वस्तु निर्यात गर्न पाउने भएकाले चीनका लागि पनि लगानीको वातावरण उपयुक्त देखिने उनले औंल्याए । उनले सामान्यः ग्राह्यता प्रणालीअनुसार अमेरिका, युरोपियन युनियन जस्ता मुलुकहरूमा शून्यदर निर्यातको सुविधा प्राप्त भएको जानकारी पनि दिए ।
श्रेष्ठले नेपालमा चिनियाँ पर्यटन बढाउनलाई चाइनाको बेजिङ र सांघाई, त्यस्तै गान्जाओमा दिनको २ वटा उडान, कुन्मिङमा १ उडान, हङकङमा हप्ताको १० उडान भएको जानकारी दिए । यस्तै चीनको छेन्दुमा सातामा १६ उडान र ल्हासामा दैनिक उडान भएको उनले दर्शाए । व्यापार प्रबद्र्धनका लागि अब नेपालमा चाइना बैंकको आवश्यकता भएको उनले बताए ।
नेपाल र चीनको सम्बन्ध बढाउन जनस्तरमा, व्यवसायीहरूबीचको बहुपक्षीय सम्बन्धका लागि चेम्बरले विभिन्न प्रकारका रचनात्मक भूमिका खेलेको धारणा राख्दै नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध प्रबद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको पनि उनले बताए । उनले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध प्रबद्र्धनका लागि विभिन्न प्रकारका कार्य चेम्बरले गर्दै गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्