नेप्से परिसूचक १७.६४ अंकले गिरावट «

नेप्से परिसूचक १७.६४ अंकले गिरावट

बुधबार ६० अंक भन्दा बढी अंकले बढेको सेयर बजार बिहीबार भने गिरावट आएको छ ।
बिहीबार नेप्से सूचक १७.६४ अंकले घटेर २०६२.८० विन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ इण्डेक्स १.०७ अंकले घटेको छ । बिहीबार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता सेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बुधबारको तुलनामा बिहीबार कारोबार रकममा गिरावट आएको छ । बुधबार १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । बिहीबार कारोबारमा आएका १३ वटै उपसमूह मध्ये १२ उपसमूहको परिसूचक नकारात्मक देखिएको छ । भने १ वटा उपसमूहको सूचक सामान्य अंकले बढेको छ । जसमा विकास बैंक र फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ । भने व्यापार तथा प्रशोधन उपसमूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ ।
नेप्से परिसूचकमा गिरावट आएपनि उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयरमूल्य उच्च अंकले बढेको छ भने मिथिला लघुवित्तको ३.९५ प्रतिशत नयाँ सारथी लघुवित्तको २.७५ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको २.७० प्रतिशतले बढेको छ ।
यता, सिगटी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ५.३४ प्रतिशतले घटेको छ । त्यस्तै, समिट लघुवित्तको ५.०३ प्रतिशत, इमर्जिङ नेपालको ४.३४ प्रतिशत र लुम्बिनी विकास बैंकको ४.३० प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा कुमारी बैंकको सबैभन्दा धेरै ६ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ४ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्