Logo

जिसस मुगुमा तिन दलिय गठबन्धनले दियो उम्मेदवारी

मुगु – जिल्ला समन्वय समिति निर्वाचनका लागि मुगुमा तीन दलीय गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ ।
मुगुमा एक नगरपालिका र गाउँपालिका गरी चार स्थानीय तहमा गहेको बैसाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेस मुगुले छायानाथ रारा नगरपालिका र मुगमकामारो गाउँपालिकामा प्रमुख , ३ पालिकामा उपप्रमखु र नेपाल कम्युनिष्ट माओवादी केन्द्रले खत्याड गाँउपालिकामा प्रमुख पदमा विजय भएको हुँदा गठबन्धनको बहुमत भएको हुँदा जिल्ला समन्वय समिति मुगुका लागि गठबन्भनको उम्मेदवारी दर्ता गारएका छन् ।
गठबन्धनबाट जिल्ला समन्वय समितीको प्रमुख पदमा नेपाली कांग्रेस मञ्जन कार्की र उपप्रमुखमा नैनी कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
जिसस सदस्य पदमा कांग्रेसबाट १ खुला पुरुष सदस्य, १ दलित अल्पसंख्यक सदस्यसहित ३ महिला सदस्य गरी ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
नेकपा माओवादी केन्द्रलाई १ खुला पुरुष सदस्य र नेकपा एकीकृत समाजवादी खुला पुरुष सदस्य पदमा उम्मेदवार दर्ता गराएका गठबन्धनलाई कायमरा राख्नको लागी मिलाएर लिएको नेपाली काग्रेस पार्टी मुगुका सभापति ऐनबहादुर शाहीले बताएका छन् ।
नेकपा एमालेले समर्थक र प्रस्तावक नपाएपछि जिसस निर्वाचनमा उम्मेदवारी दर्ता गरएको छैन । मुगुमा रहेका चारवटा स्थानीय तहमध्ये एमालेले मुगुमकार्मारोङ गाउँपालिकामा १ मात्र उपाध्यक्ष जितेको हुँदा जिससमा उम्मेदवारी नदिएको नेपाल कम्युनिष्ट पार्टी एमालेले जनाइएको छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार जिससको निर्वाचन जेठ २९ गते तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्