Logo

युनाइटेड इन्स्योरेन्सको बिमा आर्जन ५८ प्रतिशतले वृद्धि

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण सेयरधनी समुहबाट २ जना सञ्चालक पनि चयन भएका छन् । कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड पु-याउन कम्पनीले भविष्यमा कुनै निर्जीवन बिमा कम्पनीसँग एक आपसमा गाभ्ने /गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
कम्पनीे गत आव २०७६/०७७ को तुलनामा यस आव २०७७/०७८ मा बिमा शुल्क आर्जन ५८ प्रतिशतले वृद्धि भएको बताइएको छ । त्यसैगरी गत आव २०७६/०७७ को तुलनामा यस आव २०७७/०७८ मा कम्पनीको नाफामा ५ सय प्रतिशतभन्दा बढिले वृद्धि भएको बताइएको छ । आ.व. २०७७/०७८ को तेस्रो त्रैमासिक अवधिसम्मको तुलनामा आ.व. २०७८/०७९ को सोहि अवधिमा कम्पनीको कुल बिमाशुल्क आर्जन ३८ प्रतिशतभन्दा बढीले वृद्धि गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्