गरिमा विकास बैंक र जंगल भिल्ला रिसोर्टबीच सम्झौता «

गरिमा विकास बैंक र जंगल भिल्ला रिसोर्टबीच सम्झौता

गरिमा विकास बैंकले चितवनको जंगल भिल्ला रिसोर्टसँग सम्झौता गरेको छ ।
बैंकले आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रवद्र्धन गर्नुका साथै ग्राहकलाई थप सुविधाहरू प्रदान गर्न उक्त रिसोर्टसँग विभिन्न सेवा सुविधाहरूमा छुट दिने सम्झौता गरेको बैंकले जनाएको छ ।
सम्झौताअनुसार होटेलले विभिन्न प्रकारका रुम तथा फुड एन्ड वेभरेजमा १५ प्रतिशत छुट प्रदान गर्ने भएको छ । बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले उक्त होटेलबाट विभिन्न छुट सुविधाहरू लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्