प्राइम लाइफ इन्स्योरेन्स १५औं वर्षमा प्रवेश «

प्राइम लाइफ इन्स्योरेन्स १५औं वर्षमा प्रवेश

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १५औं वर्षमा प्रवेश गरेको छ ।
कम्पनीले जीवन बिमा क्षेत्रमा आफ्नो विशेष पहिचान स्थापित गर्दै बिमितहरुलाई सरल तथा सहज बिमा सेवा प्रदान गर्दै आएको दावी गरेको छ । आगामी दिनमा थप उत्तरदायी तथा व्यावसायिक भई जीवन बिमा व्यवसायलाई पारदर्शी बनाई देश विकासको महान कार्यमा योगदान गर्नसक्षम हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।
२ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जीवन बिमा कोषमा १७ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । हालसम्म कम्पनीले १७ लाख ५९ हजार ३४४ बिमालेख जारी गरी २६ अर्ब ४ करोड रुपैयाँ कुल बिमा शुलक आर्जन गर्न सफल भएको छ । कम्पनीले १८ अर्ब ३४ कराड रुपैयाँ लगानी गरेको छ ।
कम्पनीले आफ्ना सेयरधनीलाई लाभांश पनि वितरण गर्दै आएको छ । कम्पनीले आर्थिक वर्ष २०७२/०७३ मा २५ प्रतिशत, आर्थिक वर्ष २०७३/०७४ मा १२.५० प्रतिशत, आर्थिक वर्ष २०७४/०७५ मा १२.५० प्रतिशत, आर्थिक वर्ष २०७५/०७६ मा १५ प्रतिशत, आर्थिक वर्ष २०७६/०७७ मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्