मुगुका १७ हजार विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित

मुगु-जिल्लाको चारवटा स्थानीय तहका १ सय ४१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत करिब १७ हजार विद्यार्थी शैक्षिक सत्र सुरु भएको तीन साता बितिसक्दा पनि पाठ्यपुस्तकबाट वञ्चित भएका छन् । नयाँ शैक्षिक सत्र प्रारम्भ हुनुभन्दा एक महिनाअघि हिमाली जिल्लामा पाठ्यपुस्तक ढुवानी गरिसक्नु पर्ने नियम भए पनि मुगुमा १७ हजार बालबालिका खालिहात विद्यालय जाने गरेका छन् ।
कोरोना महामारीले गर्दा विगत तीन वर्षसम्म राम्रोसँग पढ्न नपाएका बालबालिका अहिले पढ्ने आशा बोकेर विद्यालय जान थालेपछि समयमा नयाँ पाठ्यपुस्तक नपाउने समस्याले विद्यार्थीको पढाइ बिग्रेको छ ।
“विद्यालय सञ्चालन भएको तीन साता भइसक्यो अझै नयाँ पुस्तक हातमा परेको छैन, यो वर्ष एसईई दिर्ने हो विद्यालयमा गएपछि सार्थीहरूको पुराना किताब हेरेर पढिन्छ । बिहान बेलुका किताब नहुँदा घरको काम गरिन्छ । कसरी यो वर्षको एसिइई परिक्षा दिने हो गर्त वर्ष पनि किताब ढिला आएको हो,” महाकाली उच्च माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत सुरेन्द्र नेपालीले भने ।
मुगुमा नयाँ पाठ्यपुस्तक नआउँदा पढाइमा बाधा पुगेको छ । विगतका वर्षहरूमा कोरोनाका कारण न राम्रोसँंग पढ्न पाइयो न यो वर्ष समयमा पुस्तक नआउँदा थप समस्या आएको छ । मलगायत मुगु जिल्लामा रहेका हजारौँ विद्यार्थीको समस्या यस्तै रहेको सोरु गाँउपालिका जनजोति माध्यमिक नार्थपु कक्षा १० मा अध्ययनरत छात्रा सुमित्रा बुढाले बताइन् ।
गत जेठ २ गतेबाट शैक्षिक सत्र सुरु भई विद्यार्थी भर्ना अभियान सकेर सामुदायिक विद्यालयमा पठनपाठन सुरु भइसकेको छ । जेठ १ गतेदेखि बिहान ९ बजे बाट कक्षा सन्चालन गरी विद्यार्थीहरूसँंग पाठ्यपुस्तक नहुँदा शिक्षकसँंग भएको पाठ्यपुस्तक बाट पढाइ भेरहेको छ यो जिल्लामा हरेक वर्ष पाठ्यपुस्तक अभाव अपुग हुर्ने गरेको छ ।
समयमै पाठ्यपुस्तक नआउँदा विद्यार्थी र शिक्षकलाई पठन पाठनमा निकै समस्या भएको महाकाली उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्कबहादुर रोकायाले बताए ।