बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बिक्री खुला «

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बिक्री खुला

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । निष्काशन गरिने कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्टाइएको छ ।
सर्वसाधारणले बाँकी रहेको १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । निष्काशन बन्द छिटोमा २५ जेठमा हुनेछ भने ढिलोमा ३ असारमा हुने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो सेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस आईएस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्