Logo

बजेट कार्यान्वयनमा ध्यान दिन लेख व्यवसायीहरुको जोड

लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०७९/०८० को बजेट समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा वरिष्ठ अर्थशास्ती डा. रघुवीर बिष्टले अहिलेको बजेटले सार्वजनिक गरेका विभिन्न नीति, र यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावबारे आफ्नो समीक्षात्मक प्रस्तुती राखेका थिए ।
कार्यक्रममा आइक्यानका अध्यक्ष सिए युद्धराज ओलीसहित अर्थ मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिलगायतले बजेटबारे सुक्ष्म समीक्षा गरेका थिए । कार्यक्रममा बजेटले करका नीतिहरुमा गरेको परिवर्तन र यसले पार्ने प्रभावबारे सिए अरुण राउतले प्रस्तुती दिएका थिए ।
कार्यक्रमका सहभागीमध्ये अधिकांसले बजेटको कार्यान्वयन पक्षमा सरकारले जोड दिनुपर्ने धारणा राखेका थिए । बजेटमा व्यवस्था भएका कतिपय व्यवस्थाहरुको कार्यान्वयनमा चुनौती रहेको विश्लेषण गर्दै विज्ञहरुले बजेटमा आएका नीतिहरु अक्षरस पालना भए त्यसले नेपाली अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने भएपनि बजेटले गरेका कतिपय व्यवस्थाको कार्यान्वयन पक्ष जटिल भएको बताए । लेखा व्यवसायीहरुले बजेटबारे विज्ञहरुले गरेको समीक्षाबारे थप छलफलसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्