डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा : मन्त्री कार्की «

डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा : मन्त्री कार्की

नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा बताएका छन् । साथै, सरकारले यसलाई बढावा दिँदै आएको पनि उनको भनाइ छ ।

शुक्रबार ब्रान्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने मन्त्री कार्कीको भनाइ थियो । यसका साथै यस कार्यक्रमले डिजीटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउन पुग्ने उनले बताए । मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छ । यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ । यो कार्यक्रम अवधीभर मात्र नभएर सधैं भरी कायम गर्नुपर्छ,’ उनले भने । उनले यस कार्यक्रमलाई दिगो आर्थिक विकासमा पनि रुपान्तरण गर्नुपर्ने बताए । साथै, यस्ता कार्यक्रमबाट समाज प्रत्यक्ष रुपमा लाभान्वित पनि उनले बताए ।

यस्तै, सूचना प्रविधिको विकास विना मुलुकको विकास समेत असम्भव भएको बताउँदै उनले सूचना प्रविधिमा समाजकासबै तप्कालाई सँगै लिएर जानुपर्ने बताउनु भयो । यस्तै, दूरदराजका क्षेत्रमा समेत सूचना प्रविधि पहुँच पु-याउन सरकारले सहयोग गर्ने बताए ।

यस्तै, सूचना प्रविधिको पहुँच सबै नागरिकमा पु-याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको मन्त्री कार्कीको भनाइ थियो । साथै, यसलाई अझ सस्तो, गुणस्तीय बनाउन पनि सरकार सकारात्मक रहेको उनले बताए । समग्रमा उनले सूचना प्रविधिको प्रयोग बढाउने विषयलाई सरकारको उच्च प्राथमिकता राखिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्