Logo

कृषि उत्पादनका मूल्य सहज हुनुपर्नेमा जोड

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले किसानले उत्पादन गरेको वस्तुको मूल्य सहज रुपमा पाउनुपर्ने बताएका छन् ।
विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आयोजना गरेको कार्यक्रममा सचिव डा. शर्माले किसानले उत्पादन गरेको वस्तुको मूल्य सहज रुपमा पाउनुपर्ने बताए । उनले त्यसका लागि सहजीकरण गर्न सरकार तयार रहेको पनि बताए ।
उपभोक्ताले सहज रुपमा स्वच्छ र सफा दूध उपभोग गर्न पाउने अवस्था बनाउनुपर्ने उनको भनाइ छ । उनले निर्धक्क भएर दूध उपभोग गर्न सक्ने अवस्था बनाउनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताए । “ किसानले उत्पादन गरेको वस्तुको मूल्य पाउनुपर्छ” उनले भने, “उपभोक्ताहरुले दूधको स्वच्छ, सफा उत्पादन सहज तरिकाले सबै उपभोक्ताहरुले उपभोग गर्न सक्ने अवस्थामा पु-याउन हामीले काम गर्नुपर्छ ।”
उनले आगामी आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्