एनआरएनए बेल्जियमको अधिवेशन अगस्टमा «

एनआरएनए बेल्जियमको अधिवेशन अगस्टमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको आगामी अधिवेशन अगस्ट १८ मा र निर्वाचन २५ अगस्टमा हुने भएको छ । अधिवेशन र निर्वाचन कार्यक्रम लुभेनमा हुने निर्णय भएको छ ।
एनआरएनए बेल्जिय अध्यक्ष लोक प्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकले अधिवेशन व्यवस्थापनका लागि प्रथम उपाध्यक्ष गोविन्दसिंह अधिकारीको संयोकत्वमा व्यवस्थापन समिति बनाएको छ । अधिवेशन सम्पन्न गर्न प्रारम्भिक रुपमा सदस्यता वितरण तथा नवीकरणको लागि संस्थाका उपाध्यक्ष खड्क बहादुर केसीको संयोजकत्वमा सस्थाका सदस्य तिर्थ धमला सदस्य सचिव रहने गरी सदस्यता वितरण समिति गठन गरेको विश्व सन्देश अनलाईनले जनाएको छ । सदस्यता वितरण तथा नवीकरण समितिमा बेल्जियमका ७ क्षेत्रबाट सदस्य राखेर समिती निर्माण गरिएको छ । त्यस्तै, बैठकले विभिन्न विषयमा निर्णय समेत गरेको छ । बैठकले गरेका केन्द्रीय परिपत्र समेतलाई अनुसरण गर्दै च्यारिटी कार्यक्रमहरुको आयोजना गर्ने लगायतका ८ वटा निर्णय गरेको छ ।
एनआरएनको तर्फबाट संस्थाले गरेका निर्णय र नियुक्तिहरु, निर्धारित शुल्कलाई व्यवस्थित गर्न आईसीसी निर्णयलाई समेत आत्मासात् गर्दै आगामी मे १५ भित्रमा आ–आफ्नो तर्फबाट संस्थालाई बुझाउनु पर्ने लेवी र मनोनित शुल्क (१०० यूरो) तथा विभिन्न शीर्षकमा बोलेका रकमहरु भुक्तानी गर्नुपर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्