स्ट्याण्डर्ड चार्टर्डद्वारा ३० लाख सहयोग

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ ३० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको जनाएको छ ।
परियोजना ७ वटै प्रदेशका १० सामुदायिक कलेजमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीका लागि लक्षित रहने बताइएको छ । यसको कार्यान्वयन पक्षमा शेक्वेल फाउण्डेसनले जिम्मा लिएको छ । यो परियोजना वृहत् आर्थिक समावेशीकरणलाई प्रवद्र्धन गर्दै असमानताको सम्बोधनका लागि बैंकको विश्वव्यापी पहल “फ्यूचर्स मेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड’ सँग मिल्दोजुल्दो छ ।
सहायता रकम बैंकका कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङ प्रमुख प्रनु सिंहद्वारा ओपन नलेज नेपालका सीईओ निकेश बलामीलाई हस्तान्तरण गरेकी छन् । रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले विभिन्न सीपहरु सिकाउने र समाजमा आवश्यक प्रगति एवं परिवर्तन ल्याउन सहयोग गर्ने लक्ष्य लिएको ओकेएनसँग सहकार्य गर्न पाउँदा बैंक हर्षित भएको बताइन् ।