Logo

एनआईसी एसिया बैंकद्वारा घातक रोगको बिमाबापत १० लाख भुक्तानी

एनआईसी एसिया बैंकले कपिलवस्तुस्थित तौलिहवा शाखामा ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनाअन्तर्गत ‘डायमण्ड श्रेणी’ को खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बिमाबापत १० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको छ ।
जसअनुसार खातावालाको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बिमाबापतको १० लाख रकम उनको परिवारलाई भुक्तानी गरिएको हो । निजका पति भगौतीप्रसाद राइदासलाई बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
यस बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका ९३८ जना भन्दा बढी ग्राहकले घातक रोग बिमाबापत एक करोड ८० लाख, दुर्घटना बिमाबापत ३ करोड र मेडिकल बिमाबापत २ करोड ६१ लाख गरी कुल ४ करोड ७१ लाख भन्दा बढी बिमा रकम प्राप्त गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्