Logo

झुम्कामा सेञ्चुरी बैंकद्वारा डिजिटलाइजेशन कारोबारको प्रवद्र्धन

सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा सुनसरीको झुम्का शाखाबाट १०८ वटा क्यूआर वितरण गरेको छ ।
उक्त क्यूआर बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले स्थानीय व्यापारीहरुलाई वितरण गरेका हुन् ।
कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राई र अभिषेक बर्जचार्य, प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, प्रदेश–१ प्रमुख दिपक पौडेल, शाखा प्रमुखश्री पुकारजंग कार्की, बैंकका कर्मचारीलगायत उल्लेखनिय मात्रामा स्थानीयबासीको उपस्थिति रहेको थियो ।
उपस्थित स्थानीयले सेञ्चुरी बैंकद्वारा डिजिटलाइजेशन कारोबारको प्रवद्र्धन गरेर झुम्का बजारलाई डिजिटल बजारको रुपमा परिवर्तन गर्न सहयोग गरेकोमा हर्सित भएको र आगामी दिनमा बैंकले वित्तीय साक्षरतामा पनि सहयोग गर्नेमा विश्वस्त रहेको बताए ।
२०७८ चैत मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्