Logo

ज्योति विकास बैंकको विस्तारित काउन्टर विदुरमा

ज्योति विकास बैंकले नुवाकोटस्थित त्रिशुली शाखाअन्तर्गतको त्रिशुली कोलोनी विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ ।
बैंकको सञ्जाल थप सुदृढ गर्ने क्रममा बैंकले त्रिशुलीमा विस्तारित काउन्टरको सुरुवात गरेको हो । सो विस्तारित काउन्टरको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका हुन् ।
उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहक तथा स्थानीय व्यवसायी उपस्थित थिए । विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले त्रिशुली कोलोनी विस्तारित काउन्टरका ग्राहकहरुका लागि शुन्य मौज्दातमै क्यूआर काड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुटलगायत विभिन्न सुविधा प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्