२६ जेठमा युके आयरल्यान्ड फेयर २०२२

युके र आयरल्यान्डका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थामा अध्ययान गर्न चहाने विद्यार्थीका लागि युके आयरल्यान्ड फेयर २०२२ आयोजना हुने भएको छ ।
हब इन्टरनेस्नल एजुकेसनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी २६ जेठमा आयोजना गर्ने युके आयरल्यान्ड फेयर २०२२ मा अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधि समेत नेपाल आउने जनाएको छ । फेयरमार्फत विद्यार्थी र अभिभावकले २० भन्दा बढी युके र आयरल्यान्डका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्स, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने हब इन्टरनेसनलका युके–आयरल्यान्डका काउन्सेलर सुरज घिमिरेले जानकारी दिए ।
फेयर मा उपस्थित हुने विद्यार्थी मध्येबाट १११ उत्कृष्ट विद्यार्थीलाई निःशुल्क आईइएलटिएस, निःशुल्क प्रोसेसिङ र गिफ्ट हाम्पर प्रदान गरिने हब इन्टरनेसनलका चेयर म्यान उद्धव खड्काले जानकारी गराए ।