Logo

नेपाल टेलिकमको एपमा थपियो नयाँ सुविधा

नेपाल टेलिकमले आफ्नो मोबाइल एपमा सेवाग्राहीका लागि उपयोगी हुने सुविधाहरू प्रयोग गर्न सकिने गरी अपडेट गरेको छ ।
नेपाल टेलिकम एपमार्फत सेवाग्राहीले पहिलेदेखि नै विभिन्न सुविधाहरू प्रयोग गर्दै आएकोमा अब एफटिटिएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ । साथै, ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने छ ।
त्यसैगरी, आफ्नो जानकारी केवाइसी अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेका छन् । यसमार्फत विभिन्न सेवामा रिचार्ज गर्न सकिने छ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘फाइबर टु द होम’ अर्थात एफटिटिएच प्रयोगकर्ताहरूले एपमार्फत एफटिटिएचको सीपीई रिस्टार्ट गर्न, वाइफाईको एसएसआइडी परिवर्तन गर्न, डेटाको खपत तथा बचत बारेमा जानकारी लिन र महशुल तिर्न सक्नु सक्नेछन् । ‘नमस्ते पे’ सेवा पहिलो पटक एपमा समावेश गरिएको छ ।
नेपाल टेलिकम एपमा व्यक्तिको जानकारीहरू अपडेट युजर केवाइसीमार्फत नवीकरण गर्न सकिनेछ । त्यसैगरी, डिलरहरूले एमपोस समेत लगइन गर्न सकिनेछ ।
नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई समय–समयमा परिमार्जन गरी सेवाग्राहीको लागि उपयोगी विशेषता थप गर्दै नयाँ रूपमा प्रस्तुत गर्ने गरेको छ । एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन, एडिएसएल, एफटिटिएच लगायतका सेवाहरूको बारेमा जानकारी प्राप्त गर्नुको साथै अन्य विभिन्न सुविधाहरु उपभोग गर्न सकिन्छ । त्यसैगरी, नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजहरू खरिद गर्न र प्याकेजको अवस्थाबारेमा सहज रूपमा जानकारी प्राप्त गर्न सकिन्छ ।
यसका साथै ब्यालेन्स हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न, विभिन्न सेवामा रिचार्ज गर्न र आफन्त वा साथीलाई विभिन्न प्याकेजहरू उपहारको रुपमा पठाउन सकिन्छ ।
त्यसैगरी विभिन्न प्रकारका भ्यालु एडेड सर्भिसको प्रयोग गर्न, नेपाल टेलिकमका विभिन्न सेवाहरूमा समस्या आएमा गुनासा टिपाउन र विभिन्न सेवाहरूको बिल तिर्न पनि सकिन्छ । कम्पनीको फेसबुक लगायतका सामाजिक सञ्जाल समेत यहीबाट प्रयोग गर्न सकिन्छ । उक्त एपमार्फत कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाहरुको महशुल दरबारे जानकारी लिन पनि सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्