मेरोमाइक्रोफाइनान्स र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सौर्य पम्प सिंचाइ परियोजनाहरु निर्माण सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौता पत्रमा मेरोमाइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा दुवैतर्फका अन्य पदाधिकारी एवम् कर्मचारी उपस्थित थिए ।
मधेस प्रदेशका ८ जिल्लाका कृषकहरु लाभान्वित हुने सोलार पम्प परियोजना कार्यान्वयनका लागि विनरक इन्टरनेशनल नेपालको प्राविधिक सहयोग रहने बताइएको छ । उक्त परियोजनामार्फत व्यावसायिक कृषकहरुको वित्तीय पहुँच तथा लघु उद्यमशिलता र क्षमताको विकास हुनुका साथै कृषि उत्पादकत्वमा समेत वृद्धि हुने विश्वास लिएको केन्द्रले जनाएको छ ।
मेरोमाइक्रोफाइनान्स लघुवित्तले मुलुकभर बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ६४ जिल्लामा १५ अनुगमन कार्यालय तथा १५० शाखा कार्यालयमार्फत १ लाख ८० हजार भन्दा बढी घरपरिवारलाई लघुवित्तीय सेवा प्रवाह गर्दै आएको दावी गरेको छ ।