Logo

कामना सेवा विकास बैंकद्वारा उद्यमशीलता विकास कार्यक्रमको प्रमाणपत्र हस्तान्तरण

कामना सेवा विकास बैंकद्धारा अन्तरप्रेरणासँगकोे सहकार्यमा उद्यमशिलता विकास र प्रवद्र्धनको उद्देश्यले उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिएको थियो । सो कार्यक्रमका सहभागीहरुलाई बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख व्यवसायिक अधिकृत श्रद्धा शाक्य, बैंकका प्रमुख व्यवसाय अधिकारी घनश्याम ढंगेल, तालिमका सहभागीहरु लगायत बैंकका अन्य कर्मचारी पनि उपस्थित थिए ।
उद्यमीहरुलाई प्रोत्सान गर्न र नेपालमा रहेको असीमित अवसरलाई सही रुपमा पहिचान गरी नविन सिर्जनामार्फत देशमा आर्थिक स्थिरता बढाउन यस्ता कार्यक्रमहरु फलदायी हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्