सिटिजन्स बैंकको रेमिटेन्स सेवा मोबाइल बैंकिङ एपमा

सिटिजन्स बैंकले ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा सिटिजन्स मोबाइल बैंकिङ एप रेमिटेन्स सेवाको सुरुवात गरेको छ ।
अब बैंकका ग्राहकले नेपालभर आन्तरिक विप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एंव सुलभ ढंगबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
ग्राहकले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको १७४ वटा शाखा तथा १२ हजार बढी एजेन्ट/सब/एजेन्टबाट नगदै प्राप्त गर्न मिल्ने सुविधा बैंकले ल्याएको छ ।