Logo

वाई वाइग्लोकल टिन हिरो नेपाल २०२२ को आवेदन खुला

वाई वाईग्लोकल टीन हीरो नेपालको आठौँ संस्करणका लागि आवेदन खुला भएको छ । यस वर्षको ग्लोकल टिन हिरो नेपाल १ सेप्टेम्बरमा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत घोषणा गरिनेछ ।
‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रालिको एक कार्यक्रम हो जहाँ किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ । वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मञ्च हो । यसले किशोर किशोरीहरुको कार्यलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत पुग्ने विस्वास लिएको आयोजकले ज नाएको छ ।
यस उपाधिको माध्यमबाट किशोरकिशोरीमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिने बताइएको छ । हालसम्म नेपालका सात किशोरकिशोरीले ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मान पाएका छन् भने ग्लोकल टिन हिरो ईन्डियाबाट तीन र श्रीलंकाबाट दुई जना सम्मनित भएका छन् । साथै २० अण्डर २० छनोट गरेर हालसम्म १४० जनालाई सम्मानित गरिएको छ । ग्लोकल टिन हिरोलाई दक्षिण एसियली राष्ट्रबीच प्रचार गने लक्ष्ये लिएको छ ।

प्रतिक्रिया दिनुहोस्