सेञ्चुरी बैंकको शाखा पथरी र इनरुवामा

सेञ्चुरी कमर्सियल बैंकले थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले मोरङ जिल्लाकोे पथरी शनिश्चरे नगरपालिका–१ मापथरी र सुनसरी जिल्लाकोे इनरुवा नगरपालिका–१, भगवती रोडमा इनरुवा शाखा सञ्चालनमा ल्याएको हो ।
पथरी शाखा बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापोले पथरी शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । यस्तै इनरुवा शाखा बैंकका सञ्चालक समिति सदस्य अभिषेक बज्राचार्य र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त उद्घाटन गरेका छन् ।
चैत्र मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन रकर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।