बैंक अफ काठमाण्डूको प्रिमियम प्लस बचत खाता सार्वजनिक «

बैंक अफ काठमाण्डूको प्रिमियम प्लस बचत खाता सार्वजनिक

बैंक अफ काठमाण्डूले बिओके प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ ।
हाल बैंकिङ क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकलाई प्रदान गर्ने ब्याजदर भन्दा बढी ब्याजदरको व्यवस्थासहित अन्य धैरे निःशुल्क सुविधाहरु रहेको यस बचत खाता खोली ग्राहकले उच्चतम लाभ लिन सक्ने बताइएको छ ।
यस बचत खातामा ग्राहकले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर पाउने बैंकले जनाएको छ । साथै, १० हजार रुपैयाँको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहकलाई थुप्रै निःशुल्क बैंकिङ सेवाहरुको व्यवस्था रहेको छ ।
ग्राहकले सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ सेवाहरु जस्तै चेक बुक, ब्यालेन्स सिट, डिम्याट खाता, इकमर्श र खाताको विवरण, मेरो सेयर, कनेक्ट आइपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाईल बैैंकिङ यस बचत खातामा निःशुल्क उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्