राष्ट्रिय वाणिज्य बैंक र अन्नपूर्ण केबुलकारबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र अन्नपूर्ण केबुलकार प्रालिबीच सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
उक्त बैंकका डेबिट/क्रेडिट कार्ड होल्डरहरुलाई केवलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् । सो सम्झौता भएपश्चात् कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबुलकारमा यात्रा गर्दा बैंकका कर्मचारी तथा डेबिट/क्रेडिट कार्ड भएका ग्राहकहरुलाई केबुलकारले भाडा रकममा १० प्रतिशत छुट दिनेछ ।
कार्यक्रममा बैंकका विभागीय प्रमुख सन्दीपजंग कार्की, विभागीय उपप्रमुख अविता श्रेष्ठलगायत कर्मचारीहरुको उपस्थिति थियो । हाल देशभर बैंकले २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४३ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिङ सेवा प्रवाह गर्दै आएको जनाएको छ ।