Logo

बजेटले अनौपचारिक क्षेत्रका श्रमिकलाई सम्बोधन गरेन : जेटीयूसीसी

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७०/०८० को बजेटबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटले अनौपचारिक क्षेत्रका श्रमिकलाई बेवास्ता गरेको केन्द्रले टिप्पणी गरेको छ । यसबाहेक उसले बजेटले सम्बोधन नगरेका कुराहरुको विवरण पनि जानकारी गराएको छ ।
आगामी वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १७ खर्ब ९३ अर्ब ४० करोड विनियोजन भएको छ । जसमा चालू खर्च ४२ प्रतिशत, पुँजीगत खर्च २१.२ प्रतिशत वित्तीय व्यवस्थापन खर्च १२.८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरण २४ प्रतिशत रहेको छ । सरकारले प्रस्तुत गरेको सो बजेट वक्तव्यमा श्रम बजारसँग सम्बन्धित विषयहरु समेट्ने प्रयास भएको छ ।
तर जेटीयूसीसीले उठाएका केही मूलभूत विषयहरु नसमेटिएको केन्द्रले दावी गरेको छ । समेटिएका कतिपय विषयहरु पनि अस्पष्ट रहेको भन्दै केन्द्रले विश्व नै आर्थिक मन्दीमा रहेको वर्तमान परिस्थितिको कारण बजेटमा उल्लेखित अधिकांश विषयहरुको कार्यान्वयन चुनौतीपूर्ण रहेको जनाएको छ ।
जेटीयूसीसीको लाइन मिनिस्ट्री श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ९ अर्ब १३ करोड रुपैयाँ विनियोजन भएको छ । विषयगत स्पष्टतासहित छुटेका विषयहरु समावेश गरी प्रभावकारी कार्यान्वयनका लागि सम्वन्धित निकायहरुसँग छलफल गर्न आवश्यक रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्