Logo

स्थानीय तह निर्वाचन
यस्तो छ, पाँचथरको पार्टीगत नतिजा

काठमाडौं– गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम केही स्थानमा बाहेक सार्वजनिक भइसकेको छ । ७ सय ५३ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हालिसकेका छन् । यसपटकको स्थानीय तह निर्वाचनमा पाँच दलीय सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका कारण महिला उम्मेदवारको संख्या अघिल्लो कार्यकालमा भन्दा न्यून रहेको छ । प्रदेश १ का १४ स्थानीय तहमा सम्पन्न निर्वाचनमा सत्तारुढ नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भएको छ ।
ताप्लेजुङमा १ नगरपालिकासहित ८ गाउँपालिका रहेका छन् । निर्वाचन आयोगको विवरणअनुसार ताप्लेजुङका स्थानीय तहमा नेकपा एमालेबाट तीन वटा पालिकामा अध्यक्षमा विजयी हुने पुरुषको संख्या ३ रहेको छ । यस्तै, उपप्रमुखमा महिला १, उपाध्यक्षमा महिला २, वडाध्यक्षमा पुरुष २९, महिला वडा सदस्य २८, दलित महिला वडा सदस्य ३१ र पुरुष वडा सदस्य ५७ गरी कुल १५१ जना निर्वाचित भएका छन् ।
यस्तै, सत्तारुढ नेपाली कांग्रेसले नगरप्रमुख १ पुरुष, पालिका अध्यक्ष ३ पुरुष, उपाध्यक्षमा पुरुष २, महिला १, वडाध्यक्ष पुरुष १५, महिला सदस्य २०, दलित महिला सदस्य १८ जना, पुरुष सदस्य ३८ जना गरी कुल ९७ जना निर्वाचित भएका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्र पालिका अध्यक्षमा पुरुष २, उपाध्यक्षमा पुरुष २, महिला १, वडाध्यक्षमा पुरुष १०, महिला सदस्य ९, दलित महिला सदस्य ९ र पुरुष सदस्य १७ गरी जम्मा ९७ जना विजयी भएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च वडाध्यक्षमा पुरुष १, महिला सदस्य १, पुरुष सदस्य १ गरी जम्मा ३ जना विजयी भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पालिका उपाध्यक्षमा १ पुरुष, वडाध्यक्षमा २ पुरुष, महिला सदस्य १, दलित महिला सदस्य १ र पुरुष सदस्य २ गरी जम्मा ७ जना विजयी भएको छ ।
यस्तै, स्वतन्त्रबाट वडाध्यक्षमा पुरुष ४, महिला सदस्य २, दलित महिला सदस्य २ र पुरुष सदस्य ७ गरी जम्मा १५ जना निर्वाचित भएका छन् ।
ताप्लेजुङका सबै स्थानीय तहमा गरी कुल ३२३ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्