स्थानीय तह निर्वाचन
यस्तो छ, पाँचथरको पार्टीगत नतिजा

काठमाडौं– गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम केही स्थानमा बाहेक सार्वजनिक भइसकेको छ । ७५३ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हालिसकेका छन् । पाँचथरमा १ नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् ।
निर्वाचन आयोगको विवरणअनुसार ताप्लेजुङका स्थानीय तहमा नेकपा एमालेबाट पालिका अध्यक्षमा १ जना पुरुष, उपाध्यक्षमा महिला २, वडाध्यक्षमा १७ पुरुष, वडा सदस्यमा महिला २३, दलित महिला सदस्य २१, सदस्यमा पुरुष ३४, महिला सदस्य ३ गरी १०१ जना निर्वाचित भएका छन्
नेपाली कांग्रेसबाट नगरपालिका प्रमुखमा १ पुरुष, गाउँपालिका अध्यक्षमा ५ पुरुष, उपाध्यक्षमा १ पुरुष, वडाध्यक्षमा २२ पुरुष, महिला सदस्य २१, दलित महिला सदस्य २२, सदस्य पुरुष ४९ गरी १२१ जना निर्वाचित भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा पुरुष १, उपप्रमुखमा पुरुष १, उपाध्यक्षमा पुरुष ४, वडाध्यक्षमा पुरुष १२, महिला सदस्य ११, दलित महिला सदस्य १२, पुरुष सदस्यमा २३ गरी कुल ३४ जना विजयी भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्षमा पुरुष २, सदस्य पुरुष १ गरी ३ जना निर्वाचित भएका छन् ।
जनता समाजवादी पार्टी नेपालबाट वडाध्यक्षमा पुरुष १, महिला सदस्य १, दलित महिला सदस्य १, सदस्यमा पुरुष १, महिला सदस्य १ गरी कुल ५ जना निर्वाचित भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट वडाध्यक्षमा पुरुष ३, महिला सदस्यमा ४, दलित महिला सदस्य ३, सदस्यमा पुरुष ५, महिला सदस्य १ गरी जम्मा १६ जना निर्वाचित भएका छन् ।
यस्तै, स्वतन्त्रबाट वडाध्यक्षमा पुरुष ३, दलित महिला सदस्य १, सदस्य पुरुष २ गरी ६ जना विजयी भएका छन् ।
पाँचथरमा स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिको संख्या ३१६ रहेको छ ।