Logo

सशस्त्र प्रहरीलाई राष्ट्रिय वाणिज्य बैंको वित्तीय साक्षरता कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंकले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीका लागि हल्चोमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा बैंकका ब्रान्च अपरेशन विभागकी प्रमुख दुर्गा कँडेल (छत्कुली) ले बैंकमा खाता खोल्ने, केवाइसी, डिजिटल बैंकिङ तथा पेशाकर्मी सरल कर्जा सम्बन्धी प्रशिक्षण दिएका छन् । त्यसैगरी बैंकको सहायक कम्पनी आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले डिम्याट खाता, आस्वा सेवा तथा पुँजीबजार सम्बन्धी प्रशिक्षण दिएका थिए ।
१४ बैशाखमा बैंक र सशस्त्र प्रहरी बल नेपालबीच सशस्त्र प्रहरी बलका कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा कारोबारलगायतका बैंकिङ सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको थियो ।
कार्यक्रममा बैंकका बाग्मती प्रादेशिक कार्यालयका प्रदेशिक प्रबन्धक धु्रब अर्याल, स्वयम्भु शाखाका शाखा प्रबन्धक ज्ञानु सेढाई लगायत कर्मचारी पस्थित थिए । देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्