Logo

नेपाल–भारत उद्योग वाणिज्य संघमा नयाँ कार्यसमिति

नेपाल–भारत उद्योग वाणिज्य संघले भवानी राणाको संयोजकत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
अध्यक्ष राणाले द्विपक्षीय व्यापार, पारबहन तथा रेलसेवा, प्रत्यक्ष विदेशी लगानी, बौद्धिक सम्पत्ति अधिकारलगायतका क्षेत्रमा केही समस्याहरु अझै पनि रही नै रहेको बताउँदै सोको समाधानको लागि सबैको साथ र सुझाव आवश्यक रहेको बताइन् । उनले जलविद्युत क्षेत्र नेपालको आर्थिक विकास एवं रोजगारी तथा राजस्वको क्षेत्रमा उल्लेखनीय योगदान दिन सक्ने क्षेत्र रहेको बताउँदै यसले नेपालको आर्थिक विकासलाई उकास्ने बताइन् । सरकारी लगानीमा निर्माण भएका माथिल्लो तामाकोशी तथा नीजी क्षेत्रबाट निर्माण सम्पन्न भएका अन्य परियोजनाहरुको परिणाम स्वरुप हामी आज लोडसेडिड्डबाट मुक्त हुन सकेकोमा खुशी व्यक्त गरिन् ।
नेपालमा पर्यटनले नेपालका आर्थिक बिकासमा ठूलो योगदान दिन सक्ने उल्लेख गर्दै राणाले संघको सहजीकरणमा सन् २०१८ को जूलाईमा नेपाल–भारत संयुक्त कार्यदलको बैठक काठमाडौंमा सम्पन्न गरेको उल्लेख गर्दै अब फेरि उक्त कार्यदलको बैठक बस्नुपर्ने भएको बताइन् । नुभयो जहां दुई देशका सरकारी अधिकारीहरु लगायत नीजी क्षेत्रका प्रतिनिधिहरुले भूमिका निर्वाह गर्दछ ।
मन्तब्यको क्रममा अध्यक्ष राणाले नेपाल तथा भारतमा पर्यटन प्रबद्र्धनको लागि अहिले संघले नेपाल स्थित भारतीय राजदूतावास, भारत स्थित नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड तथा सदस्य प्रतिष्ठानहरुको सहयोगमा नेपाल–भारत धार्मिक आध्यात्मिक कफीटेबल कीताब निर्माणको कार्य अन्तिम चरणमा भइरहेको जानकारी गराउँदै साधारण सभाका लागि आफ्नो समय र सदभाव उपलब्ध गराउनु भएकोमा प्रमुख अतिथि परराष्ट्र मन्त्री डा. नारायण खड्का, भारतीय दूतावासका अधिकारीहरु, भारतीय सांसद श्री सुरेश प्रभु तथा नेपालका लागि भारतीय पूर्व राजदूत रन्जित रे तथा सबैमा आभार ब्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्