Logo

विद्युत आपूर्ति नियमित बनाउन व्यवसायीको माग

दाङ-विद्युतको उत्पादन बढेको भन्दै सरकारले नागरिकलाई विद्युतको खपत बढाउन आग्रह गरिरहेको छ । तर जिल्लाका उद्योगी तथा व्यवसायीहरुले विद्युतको समस्या समाधान गर्न माग गरेका छन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराही क्षेत्रमा केही समय यता अघोषित रुपमा लोडसेडिङ भइरहेकाले उद्योगी तथा व्यवसायी र उपभोक्ता समस्यामा परेको भन्दै तत्काल समस्या समाधान गरेर नियमित रुपमा विद्युत आपूर्ति गराउन माग गरेका छन् । व्यवसायीहरुले विद्युत आपूर्ति नियमित बनाउन माग गर्दै नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्र समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको नेतृत्वमा गएको टोलीले जिल्लाको प्रमुख व्यापारकी केन्द्र घोराहीमा व्यावसायकी समयमा विना जानकारी लोडसेडिङले हुने गरेको, पटक पटक विद्युत जाने, कम भोल्टेजको विद्युत आपूर्तिले उपकरण नचल्ने, बिना सूचना लाइन काटिने समस्या अबलिम्ब समाधान गरि दिन आग्रह गरेका हुन । अनियमित तथा लोभोल्टेजका कारण व्यवसायीहरुका मेसिन, कम्प्युटर तथा अन्य इलेक्ट्रोनिक सामग्री बिग्रँदा आर्थिक क्षति व्यहोर्नु परेको अध्यक्ष बुढाथोकीले बताए । तत्काल यस प्रकारको समस्या समाधान गरी क्षति हुन नदिनका लागि ध्यानाकर्षण गराइएको बुढाथोकीको भनाइ छ ।
ज्ञापन पत्र बुझ्दै प्राधिकरणको घोराही घोराही वितरण केन्द्र प्रमुख मिथिलेशकुमार गोहीवारले विद्युतको समस्या समाधान गर्न लागिपरेको बताए । बढी समस्या भएका ठाउँमा नयाँ ट्रान्सर्फमर जडान गरिने काम भइ रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्