म्याग्दीका सबै पालिकामा कार्यपालिका सदस्य चयन

म्याग्दी -म्याग्दीका सबै पालिकामा कार्यपालिका सदस्य चयन भएका छन् । वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको मतदानबाट एक नगरपालिका ५ गाउँपालिका रहेको म्याग्दीमा कार्यपालिका सदस्य चयन गरिएको हो । मंगला, अन्नपूर्ण एमाले एकल बहुमतबाट कार्यपालिका सदस्य चयन भएको छ भने बेनी नगरपालिका, रघुगंगा धवलागिरी गाउँपालिकामा गठबन्धन उम्मदेवार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । भने मालिकामा एमाले र माओवादी केन्द्रका उम्मेदवार कार्यापालिका सदस्यमा विजयी भएका छन् ।
बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । दलित वा अल्पसंख्यकतर्फ तीन जना र ५ जना महिला सदस्यमा काँग्रेस–माओवादी–एकिकृत समाजवादी गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् । मालिका, रघुगंगा र अन्नर्पुूामा नेकपा एमालेको र रघुगंगामा कांग्रेसको एकल बहुमत छ भने बेनी नगरपालिका र धवलागिरीमा गठबन्धनको बहुमत छ ।
कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेकपा माओवादी केन्द्रका मिना कुमारी कार्की, नेपाली कांग्रेसबाट सिर्जना श्रेष्ठ, निर्मला मल्ल, सुजाता किसान र बविता सापकोटा निर्वाचित भएकी छन् । त्यसैगरी दलित वा अल्पसंख्यकतर्फको तीन जनाको कोटामा कांग्रेसका मनकुमारी विक, नेकपा माओवादी केन्द्रका किसान विश्वकर्मा र नेकपा एकिकृत समाजवादीका कृष्णकुमार विश्वकर्मा बिजयी हुनुभएको छ । निर्वाचनमा गठबन्धनका उम्मेदवारले २९ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले २३ मत प्राप्त गरेका छन् । बेनी नगरपालिकामा नेकपा एमालेका २३ जना, नेकपा माओवादी केन्द्रका १५ जना र नेपाली कांग्रेसका १४ जना मतदाता थिए ।
मालिका गाउँपालिकामा नेकपा एमाले ३, नेकपा माओवादी केन्द्रका २ र एकीकृत समाजबादीबाट १ जना कार्यपालिका सदस्य चयन भएका छन् । कार्यपालिका सदस्यमा नेकपा एमालेबाट छरदेवी घर्ति, प्रतिक्षा विक, मनकुमारी पुन निर्वाचित भएका छन् भने, नेकपा माओवादी केन्द्रबाट देवी पटेल, दलबहादुर खड्काथोकी र एकीकृत समाजबादीबाट अनुप गौचन निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मालिकामा नेकपा एमालेको १७, नेपाली कांग्रेसको १५ र माओवादी केन्द्रको ५ जन निर्वाचित जनप्रतिनिधि छन् ।
रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेपाली कांग्रेसबाट प्रिती गर्बुजा, कुमारी पुर्जा गर्बुजा, धनमाया घताने गोतामे र सेमिता पुन निर्वाचित भएका छन् । त्यसैगरी दलित वा अल्पसंख्यकतर्फको दुई जनाको कोटामा कांग्रेसबाट सम्झाना परियार र नेकपा माओवादी केन्द्रबाट होमबहादुर दर्जी विजयी भएका छन् । रघुगंगामा नेपाली कांग्रसको २७ जना र नेकपा एमालेको १५ जना मतदाता छन् ।
धौलागिरी गाउँपालिकाको कार्यपालिका सदस्य नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका २ र नेकपा एकीकृत समाजबादीका एक जना उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । अल्पसंख्यक वा दलित कार्यपालिका सदस्यमा नेपाली कांग्रेसका भविन्द्र छन्त्याल र स्वतन्त्र उम्मेदवार देउप्रसाद छन्त्याल पुनले २०/२० मत प्राप्त गरी निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए ।
यसैगरी महिला कार्यपालिका सदस्यमा नेपाली कांग्रेकी फुलमाया बुढाथोकी, नरकुमारी बुढाथोकी, नेकपा माओवादी केन्द्रका डिलकुमारी बिक र सीता कुमारी छन्त्यालले विजयी भएका छन् । धवलागिरीमा ३७ जना मतदाता छन् । कांग्रेसका १३ जना माओवादी केन्द्रको ७ जना नेकपा एमालेको १५ जना र एकजना स्वतन्त्र जनप्रतिनिधि छन् ।
मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेबाट डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी र सरस्वति उपाध्याय निर्वाचित हुनुभएको सहायक निर्वाचिन अधिकृति मनोहर ढुङ्गानाले जानकारी दिएका छन् । दलित तथा अल्पसंख्यकतर्फ भने नेकपा एमालेका टेक बहादुर किसान र शंकर शेरचन मनोनयन दर्ताकै दिन निर्विरोध निर्वाचित भएका छन् । कार्यपालिका निर्वाचनमा एमालेका १८, काँग्रेसका ५ र माओवादीका ४ जना मतदाता थिए ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवारहरू निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल, मिठु विक निर्विरोध हुनुभएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । महिला कार्यपालिका सदस्यमा देवकुमारी पुन, गेममाया पुन विष्णुकुमारी गर्बुजा र आशा गुरुङ निर्विरोध भएका छन् ।
-धीरन खत्री