Logo

सर्लाहीको गोडैता नगरपालिकामा संयुक्त गठबन्धनको पूरै प्यानल विजयी

सर्लाही – सर्लाहीको गोडैता नगरपालिकाको कार्यापालिकाको चुनावमा ३ दलको संयुक्त गठनबन्धनको पुरै प्यानल विजयी भएको छ । कार्यपालिका सदस्यको निर्वाचनमा संयुक्त गठबन्धन कांग्रेस–माओवादी–नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् ।
संयुक्त गठबन्धन उम्मेदवारका दलित वा अल्पसंख्यकतर्फ तीनजना र पाँचजना महिला सदस्यगरी कुल आठजना सदस्य निर्वाचित भएका छन ।
एमालेको तर्फबाट महिला सदस्य ३ र दलित तथा अल्पसंख्यक १ गरी ४ जना सदस्य निर्वाचित भएका हुन् । महिला सदस्यमा सीता देवी महरा, सुनिता कुमारी, सुशिला कुमारी रहेका हुन, भने दलित तथा अल्पसंख्यकमा जाकिर हुसैन रहेका छन् ।
माओवादी केन्द्रको तर्फबाट महिला सदस्यमा सुनिता देवी हजारी, दलित तथा अल्पसंख्यकमा शाह महोम्मद मियाँ रहेका छन। त्यस्तै नेपाली कांग्रेसको तर्फबाट महिला सदस्यमा पुनिता देवी, दलित तथा अल्पसंख्यकमा सीता देवी हजारी निर्वाचित भएका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका संयुक्त गठबन्धनले ३५ मत प्राप्त गरि विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्दी लोसपाले २७ मत प्राप्त गरेका थिए । कार्यपालिका निर्वाचनका लागि गत शनिबार निर्वाचन कार्यतालिका सहित मतदाता नामावली पनि प्रकाशन गरिएको थियो। कार्यपालिका निर्वाचनका लागि ६२ जना मतदाता थिए ।

मंगलबार बिहान १० बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको थियो । कार्यपालिकामा नगर प्रमुख र उपप्रमुखसहित वडाध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्