एनएमबि बैंक र इन्नोसियसआरबीच साझेदारी

दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसियसआर र एनएमबि बैंक अफ नेपालले, नेपालमा गुड ब्रिक्स सिस्टमलाई प्रवद्र्धन र शिघ्र रूपमा अघि बढाउन नयाँ साझेदारीको घोषणा गरेको छ ।
गुड ब्रिक्स सिस्टम इन्नोसियसआरद्वारा यसको गुड सोयल स्टेबिलाइजर प्रयोग गरी विकास गरिएको नन–फायर ईंटा उत्पादन प्रविधि हो ण्।
सो सम्झौतामा बैंकका तर्फबाट प्रमुख लगानी अधिकृत श्रीजेश घिमिरे र इन्नोसियसआरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत साम युनसुकलीले हस्ताक्षर गरेका छन् ।
बैंकले बहुपक्षीय विकास बैंक, गैरसरकारी संस्था, सरकार र अन्य वित्तीय संस्थालगायतका विभिन्न स्रोतहरूबाट गुड ब्रिक्स सिस्टम सम्बन्धी बाह्य कोषका लागि एजेन्ट बैंकको रूपमा काम गर्नेछ। एनएमबि बैंकले इँटा भट्ठा मालिकहरूलाई गुड ब्रिक्स सिस्टम लागू गर्न आवश्यक लगनशीलता र प्रक्रियाहरू पूरा गर्न ऋण, जमानत, मिश्रित वित्तीय उपकरणहरुद्धारा वित्तीय सहयोगहरु पनि उपलब्ध गराउने बताइएको छ । एनएमबिले वातावरणप्रति थप जिम्मेवार बन्दै दीगो बैंकिङ अभियानको एक पाइला स्वरु साझेदारी गरेको जनाएको छ ।
इन्नोसियसआरद्वारा विकसित गुड सोइल स्टेबिलाइजर, एक विशेष रसायन हो जसले कडा अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने इट्टाहरूका लागि आवश्यक गुणस्तरमा पुग्न माटो र सिमेन्टबीच बाइन्डिङ गर्न सक्षम बनाउने बताइएको छ । गुड ब्रिक्स सिस्टमले सोइल स्टेबिलाइजर प्रयोग गरी ईंटा उत्पादन गर्ने प्रक्रिया, इन्डोर कारखानामा इँटाहरू उत्पादन गर्न हाइड्रोलिक मेसिनको प्रयोग गर्दछ, जसले वर्ष भरिकोइला प्रयोग नगरी गुणस्तरीय इँटाहरू प्रदान गर्दछ साथै यसमा १/१० का आधारमा कामदार र जग्गा चाहिने हुन्छ ।
एनएमबी बैंक मूल्यमा आधारित दृष्टिकोण, बैंकिङ आविष्कार, प्रगतिशील व्यापार मोडुल र सामाजिक दायित्वहरूद्वारा संचालित नेपालको अग्रणी वित्तीय संस्थाको रूपमा उभिएको छ साथै दिगो आर्थिक, सामाजिक र वातावरणीय विकास प्रदान गर्न वित्तको उपयोग गर्ने लक्ष्य राखेको छ ।