टिभीएसको पहिलो रोमाञ्चक राइड

लोकप्रिय टू–ह्वीलर्स कम्पनी टीभिएसले ग्राहकहरुका लागि आपाचे धनी र रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरूको समूह बनाएको छ ।
कम्पनीले सो समूहमार्फत पहिलो पटक धादिङ गोखा बिच रिसोर्टसम्म ३५ सहभागी टिभीएस राइडरहरु पु-याएको थियो । सो राइडमा विभिन्न पेसाका सहभागीले भाग लिएको कम्पनीले जनाएको छ ।
टिभीएसले आफ्ना ग्राहकका लागि विभिन्न कार्यक्रम र एडभेन्चर राइडहरु पनि सञ्चालन गरेको जनाएको छ । कम्पनीले बागमती प्रदेशसँगै गण्डकी प्रदेशमा पनि राइडका लागि दर्ता प्रक्रिया खुला गरिसकेको जनाएको छ । नारायणी, कोसी, लुम्बिनी, महाकालीजस्ता नेपालका विभिन्न ठाउँमा पनि राइडहरु सञ्चालन गर्ने भएको छ ।