Logo

नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबीच सम्झौता

नेपाल बैंक लिमिटेड र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराबीच व्यावसायिक सम्झौता भएको छ ।
दुवै संस्थाबीचको आपसी सम्बन्धलाई वित्तीय कारोबारहरुमार्फत विस्तार गर्दै थप प्रगाढ बनाउने उद्देश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त सम्झौतापत्रमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट अध्यक्ष एवम् वरिष्ठ समाजसेवी गणेशबहादुर श्रेष्ठ र बैंकका तर्फबाट गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर गरे ।
उक्त समझदारीसँगै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मातहतका विभिन्न सामाजिक क्रियाकलाप, समितिका सदस्य तथा कर्मचारीहरुले नेपाल बैंकमार्फत गरिने वित्तीय कारोवारमा विशेष छुट प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्