Logo

मानव कल्याण समाजलाई माछापुछ्रे बैंकको सहयोग

माछापुछ्रे बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुरमा चाँगुनारायण–३ मा रहेको मानव कल्याण समाजलाई ‘बेड सिटलगायतका सामग्री सहयोग गरेको छ । बैंकले संस्थालाई २० थान वेड सिटलगायत सामग्री हस्तान्तरण गरेको जनाएको छ ।
बैंकका वागमती प्रदेशका उपप्रमुख टिका ओझा र कमलविनायक शाखाप्रमुख उज्ज्वल श्रेष्ठले उक्त सामानहरू हस्तान्तरण गरेका छन् । मानव कल्याण समाजले बेवारिसे सडक मानवको रूपमा खुल्ला आकाशमुनि आफ्नो जीवन व्यतित गरिरहेका विभिन्न उमेर समूहका वृद्धदेखि बालबालिका, शारीरिकरूपमा अशक्त व्यक्तिलाई उद्धार गरी उनीहरूको संरक्षण गर्दै आएको छ ।
मानव कल्याण समाजले हाल देशका विभिन्न स्थानमा रहेका पाँचवटा शाखाबाट २०० जना भन्दा बढीलाई गास, बास, कपास तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
विभिन्न संघ–संस्था एंव व्यक्तिले स्वेच्छिकरूपमा प्रदान गर्दै आएको सहयोगबाट सञ्चालन भइरहेको मानव कल्याण समाजलाई बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्