वार्षिकोत्सवमा आइएमईको नयाँ योजना

आइएमईले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले ’हर्षको २२ वर्ष एस–२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेको छ ।
योजना अन्तर्गत देश तथा विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरी रहेका एजेन्ट/सब–एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी २० जना विजेताहरूले स्मार्ट वाच र बम्परमा १ भाग्यशाली विजेताले सामसङ एस–२२ मोबाइल प्राप्त गर्नेछन् ।
यो योजनामा सहभागी भएका सेवाग्राहीमध्ये २१ जना विजेता लाभान्वित हुने कम्पनीको भनाइ छ । यसका विजेता प्रविधिमा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिनेछ ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईको २२ वर्षसम्मको व्यवसायिक यात्राको विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
यो योजना यही १५ जेठदेखि १५ असारसम्मको लागि कायम गरिएको छ । यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू, वेब साइट एवम् सञ्चारका माध्यम मार्फत सार्वजनिक गरिनेछ । योजना अवधिका लागि निर्धारित सेवा वा सर्तहरू भने लागु गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।