Logo

एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता

डिजिटल पेमेन्ट इके प्रणालीलाई सबल बनाउने हेतुले एभरेष्ट बैंकले गेटवे पेमेन्ट नेपालसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी क्यूआरमार्फत गर्न सकिने छ । यसका साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधैं एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्ने छन् ।
नेपाल भ्रमण गर्ने भारतीय पर्यटकहरूलाई नेपालमा भुक्तान गर्न पनि सहज हुने विस्वास लिएको बैंकले जनाएको छ । भारतको पञ्जाब नेशनल बैंकसँगको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकका हाल लाखौं ग्राहक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्