Logo

औद्योगिक पार्क निर्माणका लागि ३ अर्ब ७९ करोड

झापा– सरकारले झापाको दमकमा औद्योगिक पार्क निर्माणका लागि ३ अर्ब ७९ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले झापाको दमकमा औद्योगिक पार्क निर्माणका लागि ३ अर्ब ७९ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताए ।
देशका विभिन्न प्रदेशमा औद्योगिक पार्क निर्माण गर्ने क्रममा झापाको दमकमा औद्योगिक पार्क निर्माणका लागि ३ अर्ब ७९ करोड बजेट विनियोजन गरिएको उनले बताए । झापाको दमकमा औद्योगिक पार्क निर्माण गर्न सरकारले बजेट विनियोजन गरेकोमा दमकवासी हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्