सुरक्षाको गन्तव्य सार्वजनिक

नायिका सुरक्षा पन्त अभिनित गीत गन्तव्य सार्वजनिक भएको छ ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गायक आरके खत्रीको स्वरमा रहेको गीत गन्तव्यको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा नायिका सुरक्षा पन्त र मोडल निराजन प्रधानको अभिनय रहेको छ । त्यस्तै गीतको सम्पादन हरि हुमागाईंले गरेका छन् भने द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् । गीतको संगीत रोमन देवन र सूर्य अधिकारीले भरेका छन् । कार्यक्रममा नायिका सुरक्षा पन्तले गीतमा आफूले नयाँ किसिमको अभिनय सिक्न पाएको बताए । त्यस्तै मोडल प्रधानले भिडियोमा महिलालाई बलियो बनाउने कुराहरू रहेको बताए ।
गीतको म्युजिक भिडियो सर्ट फिल्मको कथा वस्तुलाई समेत समेटेर बनाइएको छ । त्यस्तै गीतमा सूर्य अधिकारीको स्वरमा -याप पनि रहेको छ । गीतलाई देवन प्रोडक्शनले निर्माण गरेको हो ।