संस्थागत विद्यालय शिक्षक युनियनको छैटौं महाधिवेशन, थापाको नेतृत्वमा ४९ सदस्यीय कार्यसमिति गठन

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को गत जेठ १४ र १५ गते छैठौं महाधिवेशन सम्पन्न भएको छ । रिपोर्टर्स क्लब नेपालमा सोमबार पत्रकार सम्मेलन गर्दै होमकुमार थापाको अध्यक्षतामा ४९ सदस्यीय कार्यसमिति गठन भएको जानकारी दिइएको हो ।
महाधिवेशनबाट सहअध्यक्षमा मोतीराम फुयाँल, वरिष्ठ उपाध्यक्षमा केशबकुमार पाठक र देवीदत्त पौडेल, उपाध्यक्षहरूमा नारायण पौडेल, अञ्जु गौतम, रोहिणी प्रसाद पराजुली, धर्मराज भट्ट, उमेश सापकोटा, सरिता निरौला, दीपक गौतम र सुधिर कु झा निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा भोलनाथ चालिसे , उपमहासचिवमा मनोज खनाल, अर्थ उपमहासचिवमा इन्दिरा धमला र सचिवमा राम थुलुङ, यादव अधिकारी र जनकराज घिमिरे निर्वाचित भएका छन् । र महिला सचिव भने मनोनित गर्न बाँकी छ ।
इस्टुले नेपाल सरकारले दिएको हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा अनिवार्य रुपमा मान्नु पर्ने निर्णय गरेको छ । त्यस्तै, सस्थागत विद्यालयहरूमा कार्यरत शिक्षक कर्मचारीहरूलाई सरकारले तोकेको तलब, सबै खाले बिदा र सबै सुबिधा अनिवार्य प्रदान गर्न स्थानीय तहहरूलाई आग्रह गर्ने समेत जनाएको छ ।
कोभिड लकडाउनका कारणले रोकिएको शिक्षकहरूको पारिश्रमिक तुरुन्त प्रदान गर्न, शिक्षकहरूको वृत्ति विकासको लागि तालिमको व्यवस्था गर्न, नेपाल शिक्षक महासंघले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग २०७७ फाल्गुन ९ गते गरेको सम्झौता अक्षरस पालना गर्न समेत माग गरेको इस्टुले जारी गरेको घोषणा पत्रमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष होमकुमार थापाले छैटौं गत जेठ १४ र १५ गते भएको महाधिवेशनले ४९ सदस्यिय कार्यसमिति ३ वर्षका लागि चयन गरेको जानकारी दिए । थापाले महाधिवेशनको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले गरेको बताए । थापाले विधानःत ६१ जनाको कार्यसमिति पु¥याउनु पर्ने भएकाले बाँकी पदहरू मनोनित गर्ने अधिकार अधिवेशनले नयाँ कार्यसमितिलाई दिएको सुनाए । ३३ प्रतिशत महिला र ५ प्रतिशत कर्मचारी अनिवार्य हुनुपर्ने विधानमा उल्लेखित भए अनुसार कार्यसमिति बनाइने उनको भनाइ थियो । अध्यक्ष थापाले घोषणा पत्र वाचन गरेर सुनाएका थिए ।
त्यस्तै, इजुकेशन इन्टरनेसनलका बोर्ड सदस्य मुकुन्द गौतमले देशभरका गाउँ र नगरपालिकामा पनि आफ्नो संस्थाले संगठन विस्तार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । इस्टुले प्रत्येक गाउँ, नगरपालिकामा शिक्षकहरूको मुद्दा उठान गर्ने प्रतिबद्धता जाहेर गरे । विश्वभरका ३ करोड शिक्षकहरू संस्थागत बिद्यालय शिक्षक युनियन (इस्टु)मा
आबद्ध भएको जिकिर गरे । शिक्षक तथा कर्मचारीहरूको न्युनतम सेवा सुविधालाई नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन नभएका स्थानमा गरिदिन समेत उनले आग्रह गरे । महासचिव भोलानाथ चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए ।