Logo

विमान दुर्घटनामा परेका २१ जनाको शव भेटियो

पोखरा – तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २१ जनाको शव भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार बिहान भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरू मध्ये सोमबार बेलुकासम्म २१ जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
उनका अनुसार विमान परिचालिका किस्मी थापा अझै बेपत्ता भएकी छन् । एक जनाको शव भीरमा अड्केको अवस्थामा भेटिएको छ भने बाँकी २० जनाको शव संकलन गरिएको प्रजिअ शर्माले जनाए । उक्त विमान दुर्घटनामा परी मुत्यु भएकाहरूमध्ये १० जनाको शव काठमाडौं लगिएको छ भने १० जनाको शव पोखरा ल्याइएको छ ।
प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी चालक दलका २ सहित २१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर अहिले शव ल्याउन प्रयोग भएको थियो । आवश्यक व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपाने सहितको टोली बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटाएका थिए ।
समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमार हुस्सु लागेको तथापानी परेको कारण आइतबार दुर्घटना स्थलमा हेलिकोप्टर पुग्ननसकेको अधिकारीलेहरू बताए ।मानापाथीहिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा यार्सा गुम्बा संकलन गर्न गएका स्थानीयले प्रहरीलाई खबर गरेर मात्र आज बिहान दुर्घटना भएको स्थानको पहिचा नभएको हो ।
पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । जहाजमा चालकदलका तीन जना सदस्य, १२ जना नेपाली, चार जनाभारतीय र दुई जना जर्मनी नागरिकसहित २२ जना सवार थिए ।
यसैबीच उक्त विमान दुर्घटनामा परी एकै परिवारका ७ जनाको ज्यान गएको छ । एकै परिवारका ७ जनाको जहाज दुर्घटनामा मृत्यु भएपछि धनुषाको मिथिला नगरपालिका यति वेला शोकमा डुबेको छ ।
उक्त विमान दुर्घटनामा परी ज्यानजानेहरूमा मिथिला नगरपालिका ११ का राजनकुमार गोले, उनका बुबाइन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ छन् । उनीहरू मुक्तिनाथ दर्शनका लागि पोखराबाट तारा एयरको जहाजबाट आइतबार बिहान जोमसोमतर्फ लागेका थिए । पोखरा विमानस्थल र काठमाडौं विमानस्थलमा विमान दुर्घटनामा परी मृत्यु भएका आफन्तहरूको रुवाबासी नै चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्